पाल्पा — तानसेन नगरपालिका–११, बन्दीपोखराको सम्मोबारीमा सोमबार गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको परिचय खुलेको छ ।पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी गराए ।


ADVERTISEMENT


तानसेन–गुल्मी सडकखण्डको तानसेनदेखि ६ किलोमिटर पश्चिम सम्मोबारीमा खसेको पहिरोमा पुरिएर पानी बोक्ने ट्याङ्करमा रहेकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।


ADVERTISEMENT

# # #


पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएका थिए ।