काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाको पाचौं बैठक सम्पन्न सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जन र बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेल प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा बसेको उक्त नगरसभाको बैठक बैठकमा नगर उपप्रमुख निर्माला थापाले प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को आय व्यय विवरण (बजेट) निर्णयार्थ पेस भई सर्वसम्मतिले पारित भएको छ।

यस्तै बैठकमा विनियोजन विधेयक, २०७७ निर्णयार्थ पेस भई सर्वसम्मतिले पारित गरिएको छ । सभा सदस्य नकुल थापाले सातौं नगरसभापछि कार्यपालिकाले गरेका निर्णयहरु सभा समक्ष पेश गरेपछि सभामार्फत सो निर्णयहरु अनुमोदन गरिएको छ ।