काठमाडौँ – अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ ।


ADVERTISEMENT


बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पताल पठाइएको उनले बताए । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।