काठमाडौँ – कर्णाली प्रदेशका थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना महिला र १७ जना पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ८ महिला र ४ पुरुष गरी १२ जना, दैलेखका ५ जना पुरुष र सल्यानका ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै सुर्खेतमै गरिएको परीक्षणमा जाजरकोटका २ र मुगुका १ जनामा कोरोना देखिएको छ । यस्तै कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा काठमाडौँ र सुर्खेतका १–१ जना पुरुष र जुम्लाकी १ महिलामा कोरोना पुष्टि भएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु हुँदा ७२० जना उपचारपछि निको भएका छन् ।

कहाँ कति भेटिए हेर्नुहोस् :