कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुखको जिम्मेवारी सोमबारबाट प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले लिएका छन् ।


ADVERTISEMENT


प्रहरी प्रमुख (एसपी) श्रेष्ठको सम्मानमा जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुलाई मानव अधिकारको संरक्षण,समुदायमा आधारित प्रहरी सेवा,व्यवसायिक अपराध अनुसन्धान र नियन्त्रण गर्नसमेत निर्देशन दिएका थिए।


ADVERTISEMENT

# # #


प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको मिति २०७७र०३र०१ गतेको पत्रनुसार कास्की जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भएका हुन्।

तस्बिर : ईश्वर दुलाल