बुटवल – रुपन्देहीको बुटवलमा पनि बालीनाशक किरा सहक भित्रिएको छ ।


ADVERTISEMENT


सहल भित्रिएसँगै जिल्लाका किसान चिन्तित बनेका छन् । फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुटवलमा शनिबार सिमीको झालमा देखिएको सलह किरा ।

सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्‍याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने विज्ञ बताएका छन् ।

 

बुटवलमा शनिबार सयपत्री फूलमा देखिएको सलह किरा

तस्वीर : निरा गौतम, रासस