काठमाडौँ — रौतहट एक कोरोनाभाइरस संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो ।


ADVERTISEMENT


त्यही रात नै बिरामीको मृत्यु भएको हो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार उनको छातीमा गम्भीर संक्रमण देखिएको थियो ।


ADVERTISEMENT

# # #


३० वर्षीय ती युवकको छातीमा गम्भीर समस्या देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको समेत उनले जानकारी दिए ।