एजेन्सी – पूर्व पाकिस्तानी क्रिकेट कप्तान शाहिद अफ्रिदी कोरोनामुक्त भएका छन् । बिहीबार एक ट्वीट गर्दै क्रिकेटर अफ्रिदीले आफू र आफ्नो परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनलाई गत जुन १३ मा कोरोना पोजेटिभ देखिएको थियो । करिब ३ हप्ताको आइशोलेसन बसाईपछि अफ्रिदी, उनकी पत्नी र दुई छोरी बिहीबार कोरोनामुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोनामुक्त भएसँगै अफ्रिदीले आफ्ना प्रशंसकलाई शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

पाकिस्तानका अन्य क्रिकेट खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएपछि इंगल्याण्डसँगको टेस्ट र टी–२० सिरिजका लागि इंग्ल्याण्ड प्रस्थान गरेको पाकिस्तानी टिममा केही महत्वपूर्ण खेलाडी छुटेका छन् ।