काठमाडौँ – विश्वभर फैलिएको कोरोना महामारीले गर्दा रोकिएको क्रिकेट आजबाट फेरि सुरु भएको छ । झण्डै चार महिना अथार्तन् ११७ दिनपछि पछि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फर्किएको हो ।


ADVERTISEMENT


इंग्ल्याण्ड र वेष्टइण्डिज तीन खेलको टेस्ट सिरिज इंग्ल्याण्डको साउदह्याम्पटनस्थित एजेज बलमा आजदेखि सुरु भएको हो । भर्खरैमात्र सुरु भएका पहिलो खेलमा इंल्याण्डले टस जितेर ब्याटिङ थालेको छ ।


ADVERTISEMENT

# # #


इंग्ल्याण्डको टोली बेन स्टोक्स र वेष्ट इन्डजको टोली ज्यासन होल्डरको कप्तानीमा मैदान उत्रिएको छ । बेनस्टोक्स पहिलो पटक इंग्ल्याण्डको कप्तआन बनेका हुन् । नियमित कप्तान जो रुट पारिवारिक कारण पहिलो टेष्टमा अनुपस्थित भएपछि अलराउण्डर स्टोक्सले इंग्ल्याण्डको टेष्ट टिमको नेतृत्व गर्न लागेका हुन् ।

सिरिजका लागि दुवै टोलीले एक महिनाभन्दा बढी प्रशिक्षण समेत गरेका थिए । यस्तै आन्तरिक टिम बनाएर अभ्यास खेलसमेत खेलेका थिए ।

दर्शक बिनाको खेल

कोरोनाका कारण इंग्ल्याण्डको श्रीलंका भ्रमण रद्द भएको थियो । यस्तै वेष्ट इण्डिजसँगको यो सिरिज पनि जुनमा तय गरिएको थियो । तर, कोरोनाकै कारण ढिलाई भएको हो ।

कोरोनालाई ध्यानमा राख्दै वेष्टइण्डिजविरुद्धको सिरिजको सुरक्षाका लागि विशेष योजना र नियम बनाइएको छ । खेल दौरान अघिपछि भरिभराउ हुने इंग्ल्याण्डका स्टेडियम यस पटक भने खाली छन् । खेलमा कुनै पनि दर्शकलाई प्रवेश गर्न दिइएको छैन ।

यस्तै खेलाडीलाई बलमा थुक लगाउन पनि अनुमति छैन । यस्तै सिरिजका लागि अम्पायर तटस्थ देशका नभई इंग्ल्याण्डका मात्रै प्रयोग गरिएको छ ।

प्लेइङ ११

इंल्याण्ड : बेन स्टोक्स (कप्तान), जस बुट्लर (विकेटकिपर), ररी बुर्नस्, डम सिब्ले, जोय डेन्ली, ज्याक क्रावले, ओली पप, डम बेस, जोफ्रा आर्चर, मार्क उड र जेम्स एडर्सन् ।
वेष्टइण्डज : जासन होल्डर (कप्तान), स्यान डवरिच (विकेटकिपर), जोन क्याम्पवेल, क्रेग व्राथवेट, साई होप, शम्राह ब्रूक्स, रोस्टन चेस, जर्माइन ब्ल्याकउड, अल्जारी जोपेस, केमार रोच र सानेन ग्याब्रियल ।