काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद कार्यकर्तास्तरसम्मै पुगेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उनका समर्थकले कोरोना माहामारीकै बीच देशैभर प्रदर्शन गरेका छन् ।
‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ ‘देशको मुहार फेर्नुछ साथी, पार्टी भन्दा राष्ट्र माथि’ ‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन पाइदैन’, ‘च्याँखे र खोँचे थाप्न पाइँन्न’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
कतै स्वतन्त्र युवाका नाममा त कतै अनेरास्ववियू, युवा संघका नाममा पूर्वमा इलामदेखि पश्चिममा जुम्ला, वैतडीसम्म प्रदर्शन भएको छ ।
कहाँ कसरी भयो प्रदर्शन ? तस्बिरमा हेर्नुहोस्

प्रधानमन्त्री ओलीको समर्थनमा महोत्तरीको वर्दिवासमा गरिएको प्रर्दशन । वुधबार दिउँसो जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकलमा आएका युवाहरुको टोली वर्दिवासमा पुगि कोणसभामा परिणत भएको थियो ।

प्रधानमन्त्री ओलीको समर्थनमा बुधवार बैतडी सदरमुकामा र्याली निकालिएको छ । स्वतन्त्र यूवा विद्यार्थी समाजको आयोजनामा प्रधानमन्त्री ओलीका पक्षमा र्याली निकालिएको हो ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरताको माग गरी बुधबार जुम्ला बजारमा प्रदर्शन गर्दै ।

स्थिर सरकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार बेनीमा निकालिएको र्यालीमा सहभागी ।

वीरगञ्जका स्वन्तन्त्र युवा समाजले निकालेको मोटरसाईकल र्याली ।

बुधबार इलाम बजारमा युवाहरुले निकालेको र्याली ।

कैलालीको घोडाघोडी नगरपालिका १ मा स्वतन्त्र युवा द्वारा निकालिएको समर्थन र्याली ।
तस्बिर : रासस