काठमाडौं – साउदी अरबले कोरोना संक्रमणका कारण समस्यामा परेका र स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीलाई बहिर्गमन भिसा दिन शुरु गरेको छ । साउदीस्थित नेपाली दूतावासको पहलमा साउदी अरबले बहिर्गमन भिसा दिन थालेको हो । यसबाट विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र दूतावासमा आफ्नो विवरण टिपाएका नेपालीलाई लाभ पुग्ने देखिएको छ ।


ADVERTISEMENT


 

साउदीमा कम्पनीमा काम गर्दा साउदी आवासीय अनुमति पत्र (अकमा) नबनाउन नपाएका र अकामा बनाएकाहरुको पनि नवीकरण नहुँदा बहिर्गमन भिसा नपाएका तर स्वदेश फर्कनै पर्ने बाध्यतामा रहेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले साउदी सरकारसँग पटक–पटक अनुरोध गर्दै आएको  थियो । बहिर्गमन भिसा लिन बाँकी रहेका, अकमा नभएका, हुरुव लगाएका र अकमा नवीकरण नभएका श्रमिकको लागि फेरि अर्को सूचना जारी गरेर विवरण संकलन गरिने नेपाली दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #