काठमाडौं – नेपालका विभिन्न ठाउँहरूमा बाढी तथा पहिरोले गर्दा क्षति भएकामा छिमेकी भारतले दुख व्यक्त गरेको छ ।


ADVERTISEMENT


काठमाडौं स्थित नेपालका लागि भारतीय दूतावासले प्राकृतिक प्रकोपका कारण नेपालका विभिन्न भुभागमा भएको मानवीय तथा भौतिक क्षतिमा दुख व्यक्त गरेको हो ।


ADVERTISEMENT

# # #


“सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुनगएको जनधनको क्षतिप्रति दुखित छौं” दूतावासले भनेको छ “प्रियजनहरू गुमाएका परिवारप्रति सम्बेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।”

केही दिन देखि परेको अबिरल बर्षाका कारण नेपालका विभिन्न ठाउँहरूमा आएको बाढी र पहिरोले जनधनको क्षति गरिरहेको छ ।

आफ्नो बिपत्तिमा भारतीय दूताबासले सहानुभुति सहित दुख ब्यक्त गरेकोमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले धन्यबाद समेत दिएका छन् ।