संखुवासभा – सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरोले ८ घर बगाएको छ । ११ जना सम्पर्कबिहीन भएका छन् । अबिरल वर्षाका कारण बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो ।


ADVERTISEMENT


घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । अहिले पनि वर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ । सदरमुकाम खाँदबारीमा शसस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारकालागि तयारी अवश्थामा राखिएको छ ।


ADVERTISEMENT

# # #