एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई समेत कोरोना संक्रमण भएको छ । आइतबार अधिनेत्री ऐश्वर्यासँगै उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको भारतीय मिडियाले जनाएका छन् ।


ADVERTISEMENT


आइतबार मात्रै ऐश्वर्याका ससुरा बलिउड अभिनेता अमिताभ बच्चन र पति अभिषेक बच्चनलाई कोरोना भाइरस (कोभिड–१९) देखिएको थियो । तर, ऐश्वर्याकी सासु जया बच्चनमा भने कोरोना नेगेटिभ पाइएको छ ।


ADVERTISEMENT

# # #


शनिबार राती ऐश्वर्या बच्चन, आराध्या र जया बच्चनको टेस्ट नेगेटिभ आएको थियो । तर, आतइबार पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएपनि उनीहरुमा कुनै लक्षण भने देखिएको छैन ।