सप्तरी – सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ ।


ADVERTISEMENT


सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५-३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ । त्यसलाई आज जिल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए।