काठमाडौ-  विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । आगामी बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत गत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आइतबार अन्तिम दिन हो ।


ADVERTISEMENT


तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिनमा सरकारले उद्धार उडानमा भएका कमी कमजोरीको समीक्षा गर्ने जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी छाउनीका अनुसार आगामी बुधबारदेखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ ।


ADVERTISEMENT

# # #


सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।