तनहुँ- तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ भैसीखेलीमा खसेको पहिरोले एउटा घर पुरिदा ५ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


अबिरल बर्षका कारण गएराती खसेको पहिरोले घरसँगै एकै परिवारका ५ जना पुरेको तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी टोली खटाइएको उहाँले बताए । तर, अबिरल बर्षाका कारण बाटोमा ठाउँठाउँमा पहिरो गएकाले उद्धार टोली घटना स्थल पुग्न नसकेको स्थानीय मधु श्रेष्ठले बताए ।