काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको चनावका लागि चन्द्र ढकालल प्यानलको उम्मेदवारी घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच उम्मेदवारी घोषणा गरिएको हो ।


ADVERTISEMENT


महासंघको आगामी चुनावका लागि ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उनको प्यानलबाट जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघई रहेका छन् ।


ADVERTISEMENT

# # #


ढकाल हाल महासंघको उपाध्यक्ष हुन् । यस्तै तिवारी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष हुन् । श्रेष्ठ भने वस्तुगत उपाध्यक्षमा नै दोहोरिएका हुन् ।

ढकालले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानसँग प्रतिस्पर्धा गर्नेछन्। महासंघको आगामी कार्यकालको नेतृत्व अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्नेछन् । वरिष्ठ उपाध्यक्ष नै महासंघको अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो प्यानल विजयी हुने र गोल्छालाई सघाउने दाबी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभामा आगामी साउन २६ र २७ गते हुँदैछ ।