काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिक वडा नं. ७ स्थायी ठेगाना भएका ३६ वर्षीय पुरुषको आज कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती मृतक भारतको बैंगलोरमा कोरोनाका कारण मृत्यु भएका उनका दाजुको अन्तिम संस्कारका लागि आफ्नो परिवारका सदस्यसँगै त्यहाँ गएका थिए । असार ३४ गते नेपाल फर्किएका उनी रौतहटको परोहा क्वारेन्टिनमा बसेका थिए ।


ADVERTISEMENT

# # #


असार २९ गते रुघाखोकी, ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि ती मृतकलाई साही दिन नै वीरगञ्जको नारायणी हस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । सोही दिन नमूना संकलन गरी हेटौँडामा परीक्षण गर्दा असार ३१ गते (आज) कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि आज बिहान भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको आज दिउँसो २स्३० बजे मृत्यु भएको हो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ रहेको छ । आज मात्रै ११६ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६९७ जना उपचार पछि निको भएका छन् ।