काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ०६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६०५६ जना सक्रिय संक्रमित रहेका छन् । पछिले २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर टेस्ट भएको छ ।


ADVERTISEMENT

# # #


हाल क्वारेन्टिनमा २३ हजार ५०० जना रहेका छन् भने ६ हजार ५६ जना आइशोलेसनमा रहेका छन् ।

कुल संक्रमित मध्ये ३९ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । हालसम्म ११ हजार २४९ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन् ।