काठमाडौँ – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग्गिनु अत्यन्तै खेदजनक अवस्था रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती जारी गर्दै संयोजक मिश्रले केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा अघि बढ्दा पार्टीका दुईजना महत्वपूर्ण नेता अलग्गिनु खेदजनक रहेको बताए । उनले नेताद्वयलाई पार्टीमै राख्नका लागि अनेक प्रयास गर्दा पनि नसकिएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


‘पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौँ । तर केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ ।’ उनले भनेका छन्, ‘त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।’

यस्तै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग ‘एकीकरणरध्रुवीकरण’ गर्ने, त्यसका लागि पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी ‘पुनर्गठन’ गर्ने र पार्टी ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको मिश्रले बताए ।

आउँदो स्थानीय चुनावमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने आफू प्रमुख उद्देश्य हुने र त्यसका लागि एकीकरण र ध्रुविकरण अनिवार्य रहेको उनले बताएका छन् । स्थानीय तहको चुनावको नतिजाले नै त्यसपछि हुने संघीय चुनावमा असर पार्ने उनले बताए ।