पाल्पा — सिद्धार्थ राजमार्गमा खसेको एउटा पहिरो पन्छाउन नसक्दै पुन: अर्को पहिरो खसेको छ । राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुलनजिकै खसेको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सडकको पहिरो नहटाउँदै तिनाउ गाउँपालिका दोभान बजारनजिक ठूलाठूला ढुंगासहित पहिरो खसेको छ ।


ADVERTISEMENT


केही दिनअघि तीन दिनसम्म बन्द भएको दोभान पैठेडाँडा नजिक आइतबार फेरि बिहान ठूला ढुंगा खसेको छ । राजमार्गको गौडेपुलनजिकै तीन दिनअघि खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । सडक डिभिजनले दुवैतर्फबाट लोडर र एक्स्काभेटर लगाए पनि तीव्र गतिमा काम गर्न सकेको छैन । पहिरो ठूलो भएको र काम गर्न सहज रुपमा नपाएकाले ढिलाइ भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले पनि काम गर्न सहज रुपमा नसकिएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #