लन्डन –  कोरोना भाइरसविरुद्धको भ्याक्सिनमाथिको शोध गरिरहेको एजेन्सीमाथि फ्रान्सले जासुसी गरेको आरोपलाई बेलायतस्थित रुसका राजदूत आन्द्रेई केलिनको प्रतिक्रिया सार्वजनिक भएको छ ।


ADVERTISEMENT


बीबीसी वानसँगको अन्तर्वार्ताका क्रममा राजदूत आन्द्रेईले कोरोना भाइरसविरुद्धको भ्याक्सिनमाथि शोध गरिरहेका बेलायती एजेन्सीमाथि फ्रान्सले जासुसी गरेको आरोपलाई खण्डन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बेलायतले कोरोना भ्याक्सिनमाथि गरिरहेको शोधलाई फ्रान्सले चोरी गर्न लागेको हो ? भन्‍ने प्रश्‍नमा राजदूत आन्द्रेईले भने, ‘‘मलाई यस्तो लाग्दैन र मलाई यो कुराप्रति विश्‍वास छैन ।’’ साथै उनले रुसले बेलायतको राजनीतिमाथि हस्तक्षेप गरेको भन्‍ने आरोपलाई समेत खारेज गरेका छन् ।

बेलायत, क्यानडा र अमेरिकाका गुप्तचर विभागले बिहीबार कोरोना भाइरसको भ्याक्सिनमाथि काम गरिरहेका एजेन्सीमाथि भएको साइबर आक्रमणमा रुसका जासुसहरुको हात रहेको दाबी गरेका थिए ।