एजेन्सी – भारतको वाराणसीमा ‘नेपाली युवक’को कपाल मण्डन गरेर टाउकोमा ‘जय श्रीराम’ लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाबजी गराईएको घटनाको यथार्थ बाहिरिएको छ । जसलाई ‘नेपाली युवक’ भनेर कपाल मुण्डन गरेको समाचार बाहिरयो, ती युवकले नै आफू नेपाली नभई भारतीय नै भएको बताएका छन् ।


ADVERTISEMENT


ती युवकले पैसाका लागि आपूले उक्त कार्य गरेको भारतीय सञ्चामाध्यामलाई बताएका छन् ।


ADVERTISEMENT

# # #


भएको के थियो ?

सामाजिक सञ्जालमा बिहीबार एक भिडियो भाइरल भयो । उक्त भिडियोमा विश्व हिन्दू सेनाले दाबी गरेको थियो कि भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा भारतको वाराणसीमा रहेका ‘नेपाली युवक’को कपाल मुण्डन गरेर जय श्रीराम लेखिएको छ । यसका साथै कथित ती ‘नेपाली युवक’का मुखबाट नेपाल र प्रधानमन्त्रीका विरुद्ध नारा गर्न लगाइएको थियो ।

भिडियो बाहिरिएसँगै त्यसको नेपालमा मात्र नभई भारतमा पनि विरोध भयो । भारतस्थित नेपाली दूतावासले पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरेर उक्त घटनाबारे चासो व्यक्त गर्दै संलग्नलाई कारबाही गर्ने आश्वासन दिए ।

त्यसपछि भारतीय प्रहरीले शुक्रवार यस प्रकरणका चार आरोपी र शनिबार दुई आरोपी पक्राउ परे । प्रहरीले शनिबार ती युवकको कपाल काट्ने नाई वरायणसीकै सरायनंदन शुकुलपुरा निवासी जय गणेश शर्मा र भदैनीका राजेश राजभर उर्फ ‘महंगू’ लाई पक्राउ गर्‍यो । प्रहरीले अहिले विश्व हिंदू सेनाका संस्थापक अरुण पाठकको खोजी गरिरहेको छ ।

को हुन् कपाल मुण्डन गर्ने कथित नेपाली युवा ?

यस्तै शनिबार नै भारतीय प्रहरीले जुन युवकको कपाल मुण्डन गरिएको थियो, ती युवकलाई समेत खाज्न सफल भयो । प्रहरीसँगको बयानमा ती युवकले आफ्नो नाम धर्मेन्द्र सिंह र निवास वराणसीकै भेलपुरस्थित सरकारी आवासमा रहेको बताए ।

ती युवकका अनुसार उनका आमा बुवा भारतीय जल संस्थानका कर्मचारी थिए । आमाको मृत्यु भएपछि उसका भाईलाई जागिर मिलेपछि उनी आफ्ना भाइग बस्न लागे । उनले बताए अनुसार १६ जुलाईमा उनका पूराना परिचित महंगू र जयप्रकाश नाई उनको घर आएका थिए । उनीहरुले भने कि अरुण पाठकको एक कार्यक्रममा गंगा घाट किनारमा कपाल मुण्डन गर्नुपर्नेछ र त्यसका लागि एक हजार भारतीय रुपैयाँ मिल्नेछ । अरुणले पनि धर्मेन्द्रलाई चिन्ने भएकाले उनी त्यसतर्फ गए ।

घाटमा उनलाई जे जे गर्न भनियो उनी त्यही गर्दै गए र सकिएपछि उनी घर आए । यसबारे भारतीय एसएसपी अमित पाठकले भने, ‘यस प्रकरणमा ६ आरोपीलाई गिरफ्तारगरिएको छ । पुलिसको दुई पटक टिमले विश्व हिन्दू सेनाका संस्थापक अरुण पाठकलाई खोजी गरिरहेको छ ।

परिवारले भन्यो : मानसिक स्थिति ठीक छैन, तीन पटक नेपाल गएको छ

धर्मेंद्रको परिवारले प्रहरीलाई उनको मानसिक अवस्था ठीक नरहेको र उनको उपचार पनि गरिरहेको बताएको छ । परिवारले धमेन्द्र नेपाली नभएको र उनीसँग भारतको नागरिकता र आधारकार्ड, मतदाता परिचयपत्र सबै रहको प्रहरीलाई जानकारी गराएको छ ।

लकडाउन पहिले धर्मेन्द्र बनारासी सारीको पसलमा काम गर्थे । तर अहिले उनीसँग काम थिए । परिवारका अनुसार धर्मेन्द्र आजसम्म तीन पटक नेपाल पुगिसकेका छन् । यद्दपी नेपालमा आफ्ना पूर्वजको घर थियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको उनको परिवारले बताएको छ ।

‘पैसाको आवश्यकता थियो, परिचितले भनेपछि गएँ’

थानामा प्रहरीले धर्मेन्द्रलाई सोधे, ‘तिमीलाई थाहा छ यो घटनाले कति हंगामा मच्चायो ?’ जवाफमा उनले भने, ‘पैसाको आवश्यकता थियो सा’ब । उनीहरु सबै परिचित थिए । त्यसैले गएँ । मेरो दिमागको उपचार पनि भइरहेको छ नि त ।’

घरटना पछि सबैकुरा थाहा पाएको र डरले धरभित्रै बसेको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले अरुण पाठकविरुद्ध ‘ग्यांगस्टार एक्ट’ मुद्दामा कारबाहीको तयारी अघि बढाएको छ ।