काठमाडौँ — रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन् ।


ADVERTISEMENT


एक वर्षअघि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेपछि काठमाडौंमा बसेर उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको विजयाले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


बुढा वि.स‌ं. २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए । यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहेका थिए ।