वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् ।बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।


ADVERTISEMENT


उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी दुई संक्रमितमा एक जना सर्लाही र एक जना बाराका छन् ।


ADVERTISEMENT

# # #