काठमाडौँ – सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले गरेका पछिल्ला विवादित आदेशविरुद्ध स्वतन्त्र राष्ट्रिय अभियान नेपालका नाममा उत्रिएका प्रदर्शनकारीले शुक्रबार प्रधानन्यायाधीश राणालाई महाअधियोग लगाउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ ‘खोइ न्याय, खोलालो बगायो’ लगायतका नारा लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीश सपना मल्ललाई महाभियोग लगाएर जेल चलाउन गर्न उनीहरूले माग गरेका छन्।

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा र बुढानिलकण्ठमा भएको ‘हिट एण्ड रन’ केसमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नागरिक समाजले विरोध जनाएको हो ।

असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती मार्ने पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्‍याइदिएको थियो। यही फैसलाका आधारमा उनी बिहीबार छुटिसकेका छन् ।

त्यस्तै, अदालतले बुढानिलकण्ठ ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपालको संविधानको धारा १०१ को उपधारा २ अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीर र न्यायाधीशलाई पदबाट बर्खास्त गर्न  प्रतिनिधिसभाका दुई तिहाई सदस्यको मतसहित महाअभियोग लगाउन सकिने व्यवस्था छ ।