काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघलाई राज्यले हस्तक्षेप गरेर तत्काल नयाँ नेतृत्वको निर्वाचन गर्नुपर्ने आवाज बुलन्द भएको छ । अध्यक्ष भवानी राणाले मनोमानी रुपमा अबैधानिक ढँगले आफ्नो कार्यकाल लम्ब्याईरहेको भन्दै महासंघमा आलोचना चुलिएको हो । आफ्ना गल्ती कमजोरीहरुलाई ढाकछोप गर्न राणाले बिरोधी समुहरुसंगै साँठगाँठ गरेर आफ्ना सहयोगीहरुको खोईरो खन्ने गरेको समेत आरोप लाग्ने गरेको छ ।


ADVERTISEMENT


यसरी महासंघ ईतिहाँसमा नै कमजोर मात्रै होईन अबैधानिक ढँगबाट दुर्घटना हुने अबस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
“अध्यक्ष राणाले अबैधानिक ढँगले बिधानको मर्म र भावनालाई समेत बिर्सिएर एउटा पक्षको लागि लबिङ गर्ने र दुई दिन मात्रै भए पनि आफ्नो कार्यकाल लम्ब्याउँदै आँफुले गरेका अनियमितताहरु, महासंघमा गरिएका गलत प्रबृत्तिहरुलाई ढाकछोप गर्नका लागि भएका एकलौटि कृयाकलापहरुले महासंघ ईतिहाँसमा नै कमजोर अबस्थामा पुगेको छ” एक स्थायी समिती सदस्यले बताए ।


ADVERTISEMENT

# # #


महासंघको बिधि, बिद्यान र नियमावलीलाई लल्कारेर कुनै एक समुहलाई समर्थन गर्ने निहुमा आफ्नै गलत गतिबिधिहरुलाई ढाकछोप गर्ने राणाको स्वार्थले महासंघ भीरको कुबिन्डो बनेको अर्का जिल्ला नगरका सदस्य बताउँछन् ।
अधिकाँस पदाधिकारीहरुले र असार ८ गतेको कार्यसमितिले समेत महासंघ निर्वाचनको प्रक्रियामा गईसकेपछि अन्य महत्वपूर्ण निर्णय गर्न नमिल्ने या त कार्यसमिति या स्थायी समितिबाट मात्र आवश्यक निर्णय गर्न पाउने भन्ने बैधानिक बाटो हुँदाहुँदै एकपक्षीय रुपमा राणाले आफ्नो कार्यकाल लम्ब्याउने निर्णय गर्नुले महासंघमा रडाको मच्चिएको हो ।

संघीय संघहरुको महासंघ, राज्य पछिको दोश्रो ठूलो सञ्जाल रहेको महासंघ भनिरहँदा यसभित्रका लिखित, मौखिक दस्ताबेजहरु समेत हराएर जानु, पदाधिकारीहरुले माग्दा समेत लिखित दस्ताबेजहरु हरायो भन्ने, आँफु अनुकुल माईनोटिङ गर्ने लगायतका कृयाकलापहरु राणाले खुलेरै गर्ने गरेको भन्दै चर्को आलोचना भएको छ । यस्तै, बैठकमा उठ्दै नउठेका बिषय र एजेन्डाहरुलाई आँफु अनुकुल ब्याख्या गर्ने र महासंघका जिम्मेवार व्यक्तिहरु प्रति नै गलत आक्षेप लगाउँदै आफ्नो कमजोरी लुकाउने काम भएको भन्दै राणाको तत्काल बहिर्गमनको माग गरिएको छ ।
“जस्ले यसअघि पत्रकार सम्मेलन गरेरै बिरोध गरे, राणालाई अध्यक्ष बनाउनु हुँदैन, असक्षम र कमजोर भन्दै हैसियत नै नभएको समेत बताउँदै बिरोध गरेकाहरुसंग नै लागेर उनले आफ्ना गल्ती कमजोरीहरुको सहारा लिने काम गरिरहेकी छन्” जिल्ला नगरका सदस्य बताउँछन् “महासंघमा बिधि बिधानको होईन ब्यक्तिको शासन भयो ।”

महासचिव श्रेष्ठको राजिनामामा राणा बिरुद्ध दर्जनौ आरोप

यसैबीच राणा प्रति असन्तुष्ट भएर बाग्मती प्रदेश लोक सेवा आयोगका अध्यक्ष समेत रहेका महासंघका महासचिब सुरेश मान श्रेष्ठले राजिनामा समेत दिएका छन् । श्रेष्ठले आफ्नो राजिनामाका पछाडी अध्यक्ष राणा बिरुद्ध दर्जनौं आरोप र असन्तुष्टिहरु सार्बजनिक गरेका छन् । महासंघलाई बिधिसम्बत ढँगले अघि नबढाउने, छलफल गरेर निर्णय गर्ने पद्धती त्याग गरेको, जुनियर भन्दा पनि जुनियर कर्मचारीहरुसंग बसेर गतिबिधिहरु गर्ने, महासंघको अकाउन्ट पारदर्शी नगर्ने, कृषि उद्यम केन्द्रको गतिबिधी महासचिवलाई समेत जानकारी नगराउने, हरेक कुरामा राजनीति गर्ने, हरेक कुरामा पक्ष बिपक्ष भएर स्वार्थ अनुकुल महासंघलाई अघि बढाउने प्रयास गरिएको लगायतका गम्भिर आरोपहरु लगाएका छन् । अहिलेको नेतृत्वबाट महासंघ अघि बढ्न नसक्ने भन्दै लिखित रुपमा नै श्रेष्ठले राजिनामा दिएका हुन् ।

महासंघको फाईल अख्तियारको कब्जामा

महासंघको गतिबिधि शंकास्पद भएको र अनिमितताको संकेतका आधारमा अख्तियारले समेत फाईलहरु लगेर अनुसन्धान गरिरहेको छ ।

भएन ब्यालेन्स सीट नबिकरण

यसबर्ष महासंघको ब्यालेन्स सिट हेर्नुपर्ने र कर तिर्नुपर्ने बताउँदै सरकारले ब्यालेन्स सीट नबिकरण समेत नगरेको अबस्था छ । यस्बाट सरकारबाट पाउने आर्थिक अनुदान तथा सहयोग र प्रोजेक्टहरु नै महासंद्धघले नपाउने अबस्था सिर्जना भएको छ ।

राणाका बिरुद्ध हस्ताक्षर अभियान

चैत २९ पछि अबैधानिक रहेको राणा नेतृत्वको कार्यसमितिबाट महासंघलाई मुक्ति दिलाउनुपर्ने भन्दै हस्ताक्षर अभियान नै सञ्चालन भएको छ ।
हालका कार्यसमितिको एक चौथाई सदस्यहरुले हस्ताक्षर नै गरेर अबैधानिक ढँगले गरेको पदाधिकारिको निर्णयमा असहमति जनाउँदै दुई कार्यसमितिको बैठक बोलाउनु पर्छ भन्ने अडान राख्दै आवाज उठाईरहेका छन् ।
बर्तमान अबस्थामा महासंघलाई छोड्ने हो भने अध्यक्ष राणाले मनोमानी ढँगले आँफु प्रतिकुलका प्रमाणहरु नष्ट बनाउने र महासंघको ईतिहाँसलाई नै नामेट बनाउने खतराका कारण राज्यले नै यस्लाई हस्तक्षेप गर्दै तत्काल निर्वाचन गराउनु पर्ने अधिकाँसको जोडदार माग छ ।
अहिलेको नेतृत्वलाई राज्यले तत्काल बर्खास्त गरेर महासंघ भित्रका शंकास्पद गतिबिधिहरुलाई छानबिन गर्दै स्वतन्त्र रुपमा नयाँ निर्वाचित नेतृत्व ल्याउँदै महासंघलाई जिबित बनाउनुपर्ने अभियानमा सबैलाई एकजुट भएर लाग्न आह्वान समेत गरिएको छ ।