काठमाडौँ, फागुन २४ । मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी गरेका छन् । उक्त चेक पोस्टमा प्रहरी भने थिएनन् ।


ADVERTISEMENT


सप्तकोशी ब्यारेजको पश्चिमी गेटमा रहेको चेकपोस्टमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन्। आगजनीबाट चेकपोस्ट ध्वस्त बनेको छ।


ADVERTISEMENT

# # #


राजविराजस्थित शान्ति समितिको कार्यालयमा आगजनी

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित भीडले कार्यालयको पहिलो तल्लामा आगजनी गरेको हो। आगलागीबाट पहिलो तल्ला जलेर नस्ट भएको छ।

अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ।यता अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ।

सोमबार प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि मोर्चा कार्यकर्ता आन्दोलित भएका हुन्। प्रदर्शनकारीले आज बिहानैदेखि राजविराज ठप्प पारेका छन्।