काठमाडौँ, फागुन २४ । प्रहरीको गोली लागेर सप्तरीमा तीन कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दले मध्य तराईको जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित जुलुस निकालेका छन् भने केहि सवारीमा पनि तोडफोड गरेका छन् । मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आक्रोशित आन्दोलनकारी उग्र बन्दै गइरहेका छन् ।


ADVERTISEMENT

# # #


बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा मोर्चा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ भने सवारीसाधन तथा पसल बजार बन्द गरिएको छ ।

आन्दोलनकारीहरुले एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन् ।

मोर्चा कार्यकर्ताले जनकपुरको पिडारी चोकमा ना.७ ख.२२६३ नम्बरको टिपरमा तोडफोड गरेका छन् ।