काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिवि कार्यकारी परिषद्ले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो


ADVERTISEMENT


यसअघि आजै समितिले कलेजको अनुगमन गरेको थियो। जसबाट कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानवीन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिएका थिए।


ADVERTISEMENT

# # #


बुधबार बिहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका संयोजक देवकोटाले अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको स्पष्ट पारेका थिए।

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दबाब दिँदै आएका थिए ।