काठमाडौं- कोरोना महामारीका बीच साउदी अरबमा हज यात्रा सुरु भएको छ । महामारीका कारण निकै न्यून संख्यामा उपस्थितिका लागि अनुमति दिएको साउदीले जनाएको छ ।


ADVERTISEMENT


सामान्य अवस्थामा २० लाख बढी मुश्लिम धर्मावलम्बी सहभागि हुने हज यात्राका लागि यस वर्ष १० हजार मानिसलाई मात्रै अनुमति दिइएको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


संक्रमण नियन्त्रणका लागि यसअघि नै साउदी सरकारले विदेशबाट हजयात्रा गर्न चाहनेलाई रोक लगाएको थियो । यद्यपी साउदी अरबमै पहिलेदेखि नै बसोबास गर्ने विदेशी नागरिकलाई भने कुनै रोक लगाइएको छैन । हज यात्रा गर्नेले यात्रा अघि र पछि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।