पाकिस्तान-  धर्मको निन्दा गरेको अभियोग लागेका एक ब्यक्तीको अदालतमा सुनुवाइका क्रममा गोली हानी हत्या भएको छ । आफुलाई मुस्लिम धर्म गुरु प्रोफेट मोहम्मद भन्दै हिँडेका ती ब्यक्ति माथि धर्म निन्दाको अभियोग लगाइएको थियो ।


ADVERTISEMENT


पाकिस्तानमा धर्मनिन्दा मृत्युदण्ड सरहको अपराध हो । यद्यपि, सो मुद्धामा कसैले पनि मृत्युदण्ड पाएका छैनन् । तर सामाजिक रुपमा हत्याका कयौं घटना भएका छन् । सन् २०१८ मा धर्मनिन्दा गरेको आरोपमा ताहिर अहमद नसिम पक्राउ परेका थिए । उनी माथि हिजो सुनुवाइका क्रममा अदालत भित्रै गोली प्रहार भएको हो ।


ADVERTISEMENT

# # #