काठमाडौं – पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ६ हजार ३०४ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् भने ५ हजार २२७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म १४ हजार २४८ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २२७ जना निको भएका छन् ।