काठमाडौँ – ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ घर भई ललितपुर बस्दै आएकी ६५ वर्षीय एक महिला रहेकी छन् । उनको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  मधुमेह र प्रेसरकी बिरामी ती महिला साउन ६ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।


ADVERTISEMENT

# # #


ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भई उपचारका लागि ललितपुरकै स्टार अस्पतालमा भर्ना भएकी उननलाई साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पताल रिफर गरिएको थियो ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको छ ।