कोलम्बो– टेस्ट र एकदिवसीय श्रृंखलालाई क्लिन स्वीप गरेको भारतले श्रीलंकालाई एक मात्र टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


श्रीलंका भ्रमणमा भारतको लगातार नवौँ जीत हो । योसँगै भारत विदेशी भूमिमा एउटै सिरिजमा क्रिकेटको तीनै फम्र्याटमा ९–० ले क्लिन स्वीप गर्ने पहिलो टोली बनेको छ । यसअघि तीनै फम्र्याटा लगातार नौ खेल जितेको किर्तिमान अस्ट्रेलियाको नाममा थियो । यद्यपि, उसले यो किर्तिमान आफ्नो घरेलु मैदानमा बनाएको थियो ।


ADVERTISEMENT

# # #


बुधबार राती भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै श्रीलंकाले २० ओभरमा सात विकेट गुमाएर १७० रन बनाएको थियो । जसमा दिशान मुनावीरले ५३ तथा प्रियंजनले ४१ रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रेको भारतले २२ रनमा नै रोहित शर्मालाई पहिलो विकेटको रुपमा गुमाएको थियो भने ४२ रनमा लोकेश राहुल आउट भएका थिए ।

तेस्रो विकेटका लागि विराट कोहली र मनिष पाण्डले ११९ बनाएपछि भारतले सहज जित हासिल गर्यो । कोहलीले ८२ रन बनाए भने मनिष पाण्डे ५१ रन बनाएर नटआउट रहे । भारतले १९.२ ओभरमा ३ विकेटमा १७४ रन बनाएर म्याच जित्यो ।

यो खेलमा विराटले तीन फम्र्याटमा १५ हजार रन पूरा गरेका छन् । उनले टेस्टमा ४६५८, वानडेमा ८५८७, टी–२० मा १८३० रन बनाएका छन् ।