पोखरा- पोखरामा एक जना सहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा एक, पर्वतमा एक, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT


कास्कीका एक संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष हुन् ।
आज थपिएका सहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #