काठमाडौं– नुवाकोटको ककनी गाउँपालिका ५ र विदुर नगरपालिका ९ मा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विदुरनगरपालिका ९ मा एक जना महिला र ककनी गाउँपालिका ५ मा एक जना पुरुषमा कोभिड १९ संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।


ADVERTISEMENT


पाँच दिनअघि सुगर रोगले काठमाडौं उपचार गराउन आएका ६० वर्षिय एक पुरुषलाई पिसिआर रिपोर्टमा कोरोना देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए ।


ADVERTISEMENT

# # #