चितवन– पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस