काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो । प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए । शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघसँग समेत परामर्श गरेर न्युरोड क्षेत्रको पसल बन्द गर्ने वडास्तरीय निर्णय भएको महर्जनले बताए । उनका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन् । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ । ‘


ADVERTISEMENT


वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताए । ‘९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन्,’ उनले भने, ‘भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ ।’ उनले उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको बताए । काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् ।


ADVERTISEMENT

# # #