काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।


ADVERTISEMENT


आइतबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको भारतीय दूतावासले जनाएको छ । यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाईंमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍यउन भारत प्रतिवद्ध रहेको स्पष्ट पारे । प्रधान सेनापति थापाले भारतको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गरे ।