काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ९० जना र ललितपुरका २ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ४४ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १८ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका ५ जना, विरेन्द्र अस्पतालमा काठमाडौँका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १३ जना, ललितपुरका १ जना, ह्याम्स अस्पतालमा काठमाडौँका ८ जनामा कोरोना पाइएको छ ।

यस्तै नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौँका १ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ४० जना निको भएका छन् भने हालसम्म १६ हजार ३५३ जना उपचारपछि निको भएका छन् । आजसम्म ७५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।