काठमाडौँ — भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । सोमबार ट्वीट गर्दै ८४ वर्षीय मुखर्जीले आफुलाई कोरोना भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


अस्पतालमा अन्य कारणका लागि चेक गर्न गएको तर, कोरोना परीक्षण गर्दा पोजेटिभ आएको उनले बताएका छन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा मलाई कोभिड–१९ पोजिटिभ देखिएको छ’ ट्वीटमा उनले भनेका छन्, ‘पछिल्लो हप्ता जो कोही मेरो सम्पर्कमा आएका हुनुहुन्छ, कोरोना परीक्षण गराएर आफूलाई आइशोसेलनमा राख्न अनुरोध गर्छु ।’


ADVERTISEMENT

# # #


भारतमा यसअघि केन्द्रीय सरकारका गृहमन्त्री अमित शाहलाई पनि कोरोना देखिएको थियो । उनी अझै उपचाररत छन् । यस्तै बलिउड अभिनेता अमिताभ बच्चन पनि कोरोना संक्रमण भएर उपचार पनि घर फर्किएका छन् ।

भारतमा हाल २२ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ लाख बढी निको भएका छन् भने ४४ हजार बढी संक्रमितको मृत्यु भएको छ । पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।