काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १२ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ६ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ८ जना, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ८ जना, भक्तपुरका ३ जना, ललितपुरका २ जना, ह्याम्स अस्पतालमा काठमाडौँका १ जना, बिध ल्याबमा काठमाडौँका १ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १४० जना निको भएका छन् भने हालसम्म १६ हजार ४९३ जना उपचारपछि निको भएका छन् । आजसम्म ७९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।