काठमाडौँ– सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफू चितवनबाट लड्ने घोषणा गरेका छ्न्। शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले देशभरीको चुनावी अनुभव लिएर चितवन आएको बताएका छन्।


ADVERTISEMENT


आफू अरू दलका नेता जस्तो एकै निर्वाचन क्षेत्रमा बसिरहने नेता नभएकाले सबै क्षेत्रको अनुभव लिएर आफू चितवन आएको बताए।


ADVERTISEMENT

# # #


चितवन जिल्ला यसै पनि भौगोलिक रूपमा केन्द्रमा छ। अब राजनीतिक रूपमा पनि चितवनको भूमिकालाई राष्ट्रिय राजनीतिको अग्रणी भूमिकामा लिन र राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिनका लागि आफूले चितवनबाट चुनाव बताए।

‘शान्ति प्रक्रियामा आएपछि पहिले रोल्पा र काठमाडौंबाट चुनाव लडेँ। त्यहाँका जनताले मलाई मतदान गरेर विजयी पनि गराए। उनीहरूकै मतले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो,’ दाहालले भने,‘दोस्रो पटक सिरहाबाट निर्वाचित भए। र प्रधानमन्त्री भएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने मौका मिल्यो। अब देशलाई आर्थिक समृद्धि तिर लैजानु छ। त्यसको नेतृत्व अब चितवनबाट हुन्छ।’

जति तिब्र गतिमा आर्थिक विकास हुन्छ। हाम्रो राजनीतिक स्थिरता, राष्ट्रिय एकता पनि त्यती सुद्धृढ हुन्छ भन्ने विश्वासका साथ आफू चितवन आउने दाहालले बताए।