उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको सबै क्षेत्रमा आज बेलुकादेखि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको सयूक्त बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा भदौ ७ गतेराती सम्म जारी रहने उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए  ।


ADVERTISEMENT


स्वास्थ्य, खानेपानी, दुग्ध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक बाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने प्रशासनले जनाएको छ ।  उदयपपुरमा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । १९ उपचारका लागि आइसोलेसनमा छन् भने ८५ निको भएर घर फर्किसकेका छन् ।


ADVERTISEMENT

# # #