काठमाडौं – प्रहरीले ज्यान मार्ने उद्योगका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदास रहेका छन् ।


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो । अनिल उदास र काठमाडौंको टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृत कुमार बैद्यले गत चैत्र २ गते राती चन्द्रागिरि नगरपालिका–१५ विष्णुदेवी घर भएका बा२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए ।

उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त वृत्तले जनाएको छ ।