काठमाडौँ – एनआईसी एशिया बैँक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


विश्वव्यापी महामारी कोरोनाका बीच पनि बैंकले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी रू. ३२.१२ आर्जन गर्न सफल भएको छ । खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरूमध्ये एनआइसी एशिया बैंकले ३ प्रतिशत (रू. ९.८ करोड) को वृद्धि सहित रू. ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


ADVERTISEMENT

# # #


आ.व. २०७५/७६ को सोही अवधीको खुद मुनाफा रू. ३ अर्ब २ करोड रहेको थियो । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रयमाससम्ममा कर्जातर्फ रु. २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत हो । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११.७० प्रतिशत (करिब रू. ३०३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्)ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २३ अर्ब)ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्च वृद्धि हो ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रयमाससम्ममा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.९६ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६.५ प्रतिशत (करिब रू.४७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप (सीएएसए)तर्फ रू. २२.१२ अर्बले वृद्धि गरी सीएएसए मिश्रणको प्रतिशत ४५.१७ पुर्‍याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । त्यस्तैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको ९.६ प्रतिशत कायम गर्न सफल भएको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो ।

बैंकको आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ । यस बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पुर्‍याउन सफल भएको छ ।

साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पुर्‍याउन सफल भएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पुर्‍याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्ट र करिब ४ हजार पीओएस मर्चेन्ट मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।