काठमाडौँ – कोरोना संक्रमणका कारण काठमाडौँ उपत्यकामा भदौदेखि सञ्चालन गर्ने भनिएका ५० विद्युतीय बसको आयात रोकिएको छ । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले चिनियाँ कम्पनी बिएकेका ५० वटा नयाँ विद्युतीय बस भदौ २५ सम्म सञ्चालन गर्ने घोषणा गरेपनि कोरोना संक्रमणका कारण आयात हुन नसकेको कम्पनीले बताएको छ ।


ADVERTISEMENT


सुन्दरले ट्रलिबस बन्द भएको १८ वर्षपछि गत वर्षदेखि ४ वटा विद्युतीय बससहित काठमाडौँ उपत्यकामा विद्युतीय बसको पुनरागमन गरेको थियो । सोहीअनुसार विद्युतीय बस आयातका लागि सुन्दरले बीएकेसँग ५० वटा बस खरीदका लागि सम्झौता गरेको थियो । ‘२५ वटा बसको रकम भुक्तानी समेत गरिसकेका थियौं र कम्पनीले ४५ वटा बस तयार गरिसकेको बताएको छ तर कोरोनाकै कारण आयात गर्न सकिएको छैन,’ सुन्दरका अध्यक्ष भेष बहादुर थापाले बताए ।


ADVERTISEMENT

# # #


डिसेम्बरमा चीनको वुहान क्षेत्रमा देखिएको कोरोना संक्रमणका कारण गाडी उत्पादक कम्पनी बीएकेको उत्पादनमा त्यसको प्रभाव परेपनि पछि कम्पनीले गाडी बनाएपनि नेपालमै पनि कोरोना संक्रमणलाई रोक्न गरिएको लकडाउन र त्यसपछिको फैंलिदो संक्रमणका कारण गाडी आयात गर्न नसकिएको थापाले बताए । थापा भन्छन्,  ‘अहिले सार्वजनिक यातायात बन्द छन्, यस्तो वेला आयात गरेर पनि त्यसको औचित्य छैन, सरकारी प्रक्रिया पनि अघि बढेको छैन, अवस्था सामान्य रहे तिहारपछि २५ वटा थप विद्युतीय बस सञ्चालन गर्ने कम्पनीको योजना छ ।’