पोखरा- गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । पोखरास्थित क्षयरोग उपाचार केन्द्रमा गरिएको परीक्षणअनुसार थप ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण देखिएको हो ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।


ADVERTISEMENT


पोखराका ३, तनहुँको भानु नगरपालिका र बाग्लुङका २\ २ तथा गोरखा, स्याङ्गजाको पुतलीबजार र नवलपरासीका मध्यविन्दु नगरपालिकाका १र१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशलायनका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #